त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइलनमा, थ्री स्टार पराजित

त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइलनमा, थ्री स्टार पराजित


काठमाडौं, ११ माघ । थ्री स्टार क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब आहा रारा गोल्डकप फुटबलको सेमिफाइलनमा पुगेको छ । पोखरा रंगशालामा आज भएको खेलमा थ्री स्टार क्लबलाई एक–शून्य गोलले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो ।
आर्मीका लागि खेलको ७० औँ मिनेटमा राजीव गुरुङले गोल गरे । अब आर्मीले फाइनल प्रवेशका लागि पर्सि बिहीवार मनाङ मर्स्याङ्दी क्बलसँग खेल्नेछ । पहिलो सेमिफाइलनमा भने भोलि बुधवार मच्छिन्द्र फुटबल क्बल र एपीएफ क्लब खेल्नेछन् । फाइनल खेल शनिवार हुनेछ ।
प्रतियोगितामा कुल १० टोलीको सहभागिता रहेको छ । विजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ ।
यसैबीच प्रतियोगिताको सेमिफाइनलदेखि दर्शकलाई रङ्गशालामा प्रवेश दिइने भएको छ । आयोजक सहारा क्लब पोखराले भोलिदेखि हुने सेमिफाइनल खेलमा स्थानीय प्रशासनले लागू गरेको सम्पूर्ण स्वास्थ्यका मापदण्ड अपनाउँदै दर्शकलाई अनुमति दिइने जनाएको छ ।