टी–२० विश्वकपबाट भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

काठमाडौं, २१ कात्तिक । अफगानिस्तानमाथि ८ विकेटको सहज जित हात पार्दै न्यूजिल्याण्ड टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । भारत भने एक खेल बाँकी छँदै प्रतियोगिताबाट बाहिरिएको छ । अबुधाबीमा अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्यूजिल्याण्डले १८ दशमलव १ ओभरमा २ विकेट गुमाएर भेट्टायो । न्युजिल्याण्डका लागि केन विलिम्सनले ४०, देभन कनवेले ३६, मार्टिन गप्टिलले २८…