काठमाडौं, ४ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई ३–० गोलले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारलाई जिताउन निशान खड्का, राफायल बिडीयास रिम र अनन्त तामाङले गोल गरे । च्यासलका लागि विकास मेराग्लियाले पेनाल्टीमा गोल गर्न सकेनन् । जितसँगै थ्री स्टारले तीन अंक जोडेको छ…