खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई

खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दीलाई


काठमाडौ, २८ फागुन । खप्तड गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । आज कैलालीको धनगढीमा भएको फाइनलमा फ्रेन्ड्स क्लबलाई ३–१ गोल अन्तरले हराउँदै मनाङले दोस्रो पटक खप्तड गोल्डकपको उपाधि जित्न सफल भएको हो ।
मनाङको यो सिजनको भने पहिलो उपाधि हो । मनाङलाई जित दिलाउन दिनेश राजवंशी, आफिज ओलावाले र मौसा अबागानाले एक÷ एक गोल गरे । फ्रेन्ड्सका जमोउल एन्थोनी फ्रान्कोइसले एक गोल फर्काए । उपाधिसँगै मनाङले २१ लाख रुपैयाँ नगद प्राप्त गरेको छ । उपविजेता बनेको फ्रेन्ड्सले १० लाख नगद प्राप्त गरेको छ ।
प्रतियोगितामा १० टोलीको सहभागिता रहेको थियो । मनाङ सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टीमा ४–२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने फ्रेन्ड्स वाग्मती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।