भिएक्सएल टिटान्सले जित्यो एक्सपट एन्का सुपर लिग क्रिकेट

भिएक्सएल टिटान्सले जित्यो एक्सपट एन्का सुपर लिग क्रिकेट


एडिलेड। एडिलेडमा जारी एक्सपट एन्का सुपर लिगको फाइनल खेलमा भिएक्सएल टिटान्सले विजय हासिल गरेको छ । गत बर्षको लिग विजेता एभरेष्ट स्ट्राइकरको रोमाञ्चक खेल खेल्दै टिटान्सले विजय हासिल गरेको हो ।

पहिला व्याटिङ गरेको स्ट्राईकरले २० ओवरमा ८ उइकेटको क्षतिमा १०३ रन बनाउन सफल भएको थियो भने दोस्रो पालीमा व्याटिङ गर्दै भिएक्सएल टिटान्सले १९.४ ओवरमा ८ उइकेटको क्षतिमा १०४को लक्ष्य पुरा गरेर जित हासिल गरेको हो । खेलमा भिएक्सएल टिटान्सका क्याप्टेन आशिष पोखरेल म्यान अफ द म्याच भएका थिए ।

बिजेताको पुरस्कार ग्रहण गर्दै आशिष पोखरेल (मध्ये भाग)

लिगको समापन कार्यक्रममा विजयी टिमलाइ रनिङ शिल्ड, अष्ट्रेलियन डलर २५०० सहित खेलाडीहरुलाइ मेडल प्रदान गरिएको थियो भने उप विजेता टिमलाइ अष्ट्रेलियन डलर १००० सहित खेलाडीहरुलाई मेडल प्रदान गरिएको थियो । समापन कार्यक्रममा एन्का अध्यक्ष विजय जोशीले खेलाडी अफिसियल सहित सबै सहयोगीहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

उप बिजेताको पुरस्कार ग्रहण गर्दै सुनम गौतम(मध्य भाग)
म्यान अफ द म्याच पुरस्कार ग्रहण गर्दै आशिष पोखरेल
समापन कार्यक्रमलाई सम्बोधन गर्दै एन्का अध्यक्ष विजय जोशी

विजेता टिमका तर्फबाट कप्तान आशिष पोखरेल र उप विजेता टिमका तर्फबाट सुनम गौतमले सहकर्मी खेलाडी, आयोजक, अफिसियल, दर्शकहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।