दोस्रो गिरीश च्याम्पियनसिप -२०२२ हुदै, १६ भन्दा बढि टिमहरु सहभागी हुने

दोस्रो गिरीश च्याम्पियनसिप -२०२२ हुदै, १६ भन्दा बढि टिमहरु सहभागी हुने


एडिलेड । एडिलेडमा गत बर्षबाट शुरु भएको गिरीश च्याम्पियनसिप फुटवल प्रतियोगिताको दोस्रो संस्करण गिरीश च्याम्पियनसिप-२०२२ आगामी अप्रिल १६ र १७मा हुने भएको छ ।

अष्ट्रेलियाका नेपाली भाषी समुदायका फुटवल क्लवहरु समावेश हुने प्रतियोगितामा साउथ अष्ट्रेलिया, न्यु साउथ वेल्स, भिक्टोरिया, कुइन्सल्याड, तास्मानियाबाट १६ भन्दा बढि टिम सहभागी हुने आयोजक गिरीश इभेन्ट एण्ड इन्टरटेन्मेनका निर्देशक गगन गिरी बताउनुभयो ।

उहाले अष्ट्रेलियामा रहेका नेपाली भाषीहरुका विचमा भाइचाराको विकास तथा फुटवल प्रेमीहरुका लागि खेल कौशल प्रदर्शन गर्ने भुमी प्रदान गर्न खेल आयोजना गरिएको बताउनुभयो । गिरीले यस्ता समुदाय भित्रका प्रतिस्पर्धाहरुबाट उत्कृष्ट प्रतिभाशाली खेलाडीहरुले अष्ट्रेलियाका स्थानिय क्लबहरुमा जानका लागि अवसर तथा प्रेरणा पनि हुने बताउनु भयो ।

प्रथम पुरस्कार छ हजार अष्ट्रेलियन डलर रहेको प्रतियोगितामा दोस्रोलाई पच्चिस सय अष्ट्रेलियन डलर , तेस्रोलाई एक हजार अष्ट्रेलियन डलर रहेको छ । एडिलेडको स्थानिय न्यु स्पोर्ट स्टीडियममा हुने प्रतियोगिता हुने निर्देशक गिरीले बताउनु भयो । गत बर्ष आयोजित प्रथम च्याम्पियनसिपमा सिड्नीको सेन्ट जर्ज नेप्लिज क्लब एसजीएनसीले विजय हासिल गरेको थियो भने सिड्नीकै बेनि फुटवल क्लव उप बिजेता भएको थियो ।

गत बर्षको विजेता सेन्ट जर्ज नेप्लिज क्लब (फाइल तस्विर)

हाल सम्म यस बर्षका लागि साउथ अष्ट्रेलियाबाट गिरीश इभेन्ट स्पोर्टिङ क्लब- आयोजक टोली, एडिलेड ड्रैगन स्पोर्टिङ क्लब, एडिलेड ड्र्यागन फुटबल क्लब, एडिलेड खुकुरी फुटबल क्लब र ब्रदर्शस युनाइटेड फुटबल क्लब, न्यु साउथ वेल्सबाट बेनी एफसी र वेस्ट युनाइटेड एफसी , भिक्टोरियाबाट चन्द्र सूर्य एफसी, हिमालयन फुटबल क्लब, हिमालय टाइगर्स रोयल वेस्टर्न क्लब र यति फुटबल क्लब तास्मानियाबाट खुकुरी एफसी तस्मानिया, कुइन्सल्याण्डबाट सधैं युवा फुटबल क्लब सहितका क्लवहरुले सहभागीता निश्चित गरिसकेका र केहिले प्रक्रिया रहेको निर्देशक गरीले जानकारी दिनुभयो ।