पुराना पत्रकार खनाललाई ब्रिसबेनमा एन्जाको स्वागत

ब्रिसबेन, अष्ट्रेलिया । नेपालमा लामो समयसम्म पत्रकारिता गर्नुभएका तनहुँका पुराना पत्रकार मुक्तिनाथ खनाललाई अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसनले स्वागत गरेको छ । एन्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा, संरक्षक हेमन्त काफ्ले, सल्लाहकार डा। भरतराज पौडेल, एन्जा प्रवक्ता तक्दीर अधिकारीको उपस्थितिमा खनाललाई दोसल्ला ओढाएर अध्यक्ष देवकोटाले स्वागत गर्नुभएको हो । उक्त अवसरमा बोल्दै संरक्षक काफ्लेले लामो समयसम्म पत्रकारिता गर्नुभएका…