‘ओसियाना स्पोर्टस मिट २०२३’ मा जाने खेलाडीका लागि गाला डिनर, पाँच हजार डलर संकल

‘ओसियाना स्पोर्टस मिट २०२३’ मा जाने खेलाडीका लागि गाला डिनर, पाँच हजार डलर संकल


होबार्ट अष्ट्रेलिया । ओसियाना स्पोर्टस मिट २०२३ का अष्ट्रेलियाको राजधानी क्यानबेरा जाने खेलाडीका लागि आर्थिक संकलन गरिएको छ । तास्मानिया राज्यलाई प्रतिनिधित्व गर्दै क्यानबेरा जाने खेलाडीका लागि होबार्टस्थित बहुसांस्कृतिक केन्द्रमा शनिबार आयोजना भएको गाला डिनरबाट ५ हजार अष्ट्रेलियन डलर संकल भएको हो ।

संकलित रकम अप्रिल ७ देखि १० गतेसम्म हुने ओसियाना स्पोर्टस मिट २०२३ मा सहभागिता जनाउने खेलाडीमा खर्च गरिने बताइएको छ। खेलाडीको प्रवेश शुल्क, टि सर्ट र पुरस्कार वितरण समारोहलगायतका क्षेत्रमा खर्च गरिने उक्त कार्यक्रममा जानकारी गराइएको थियो ।

ओसियाना स्पोर्टस मिट २०२३ मा तास्मानिया राज्यलाई प्रतिनिधित्व खेल फुटबल, क्रिकेट, ब्याडमिन्टन, टेबल टेनिस ५ किलोमिटर दौड र भलिवल रहेका छन् । जसमा क्रिकेटमा १४ जना खेलाडी ब्याडमिन्टनमा ४ जना टेबल टेनिसमा २ जना ५ किमी दौडमा एक जना र भलिबलमा ६ जना रहेका छन् ।

गाला डिनरमा एनबीए, नेस्ट, टिएनसिए, एनटीएसए, एनआरएन तास्मानिया, एनफा तास्मानिया, ओसियाना स्पोर्टस मिट संयोजकलगायत तास्मानियामा रहेका विभिन्न नेपाली व्यवसायी, स्पोर्ट क्लब लगातत स्थानीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम विस्नु सापकोटा र एलिजा पंगिनीले संचालन गरेका थिए ।

उक्त कार्यक्रममा तीन ओटा टिसर्ट अक्सन गरिएको थियो । जसमा अम्ब्रेरस थेरापी (एक हजार अष्ट्रेलियन डलर) प्रजोल प्रधान, डा. सरद ताम्राकार र जिवन नाथ देवकोटाले जितेका थिए । केबी सर्जरी (एक हजार डलर) को टिसर्ट केशव प्रसाद भट्टराई र पुनम पन्तले जिते भने, केटिम प्रोपोटिज ५ सय डलरको टिसर्ट दिकपाल देव पंगिनी, सुदिप न्यौपाने र बद्री खनालले हात पारे । कपकर्न भिक्टोरियोको ५ सय डलरको टिसर्ट प्रकाश आचार्यले प्राप्ती गरे । यस्तै अन्य सहभागिहरुले समुदायका सदस्यले पनि सहयोग गरेका थिए ।

उक्त गाला डिनरमा होबार्टमा रहेका स्थानीय कलाकार जय घले, अलिसा भट्टराई, नोना छन्त्याल र वर्षा पुनले सांगीतिक प्रस्तुति दिएका थिए । नेप्लिज स्पोर्ट एसोसियसन अफ तास्मानिया (एनटिएसए)को संयोजन तथा व्यवस्थापन गरेको गाला डिनरमा एनटीएसएले उपस्थित सम्पूर्णलाई धन्यवाद दिएको थियो ।