एकीकृत समाजवादीको अष्ट्रेलियास्थित प्रवासी संस्थामा पहिरो, आरोप लगाउँदै पदत्याग

एकीकृत समाजवादीको अष्ट्रेलियास्थित प्रवासी संस्थामा पहिरो, आरोप लगाउँदै पदत्याग


सिड्नी, अष्ट्रेलिया ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी निकट प्रवासी संगठन प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका अध्यक्षसहित अधिकांश पदाधिकारीले संस्था परित्याग गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय कमिटीका सहसंयोजक राजनकुमार बस्नेत, प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका अध्यक्ष माधव शाह सहित ७ जनाले यस्तो घोषणा गरेका हुन् ।

केविसीखबरलाई साधाण सदस्य समेत नरहने गरी राजीनामा दिएका अध्यक्ष शाहले दिएको जानकारी अनुसार मञ्च परित्याग गरेका सबैजना स्वतन्त्र रहनेछन् । नेपालमा आफ्नो माउ पार्टी सत्ताको खेलमा लागेको गम्भीर आरोप पनि उनीहरुले लगाएका छन् । विज्ञप्तिमा भनिएको छ, “नेताहरुको जुंगे लडाइमा कोही एता र कोही उता लाग्ने कार्य हामीवाट हुनु एक वामपन्थी कार्यकर्तालाई सुहाउने कार्य पटक्कै थिएन।जुंगे लडाईको शिकार वनेका हामी विद्रोहको नाममा नेकपामा आएको विग्रहवाट छिन्नभिन्न हुन पुगेउ। विभाजनले हामीलाई क्षतविक्षत गर्यो।विभाजन पछि नेकपा एकिकृत समाजवादीमा संगठीत हुन पुगेका हामीलाई विद्रोह वाट वनेको नया पार्टीले नया विचार, नया संगठन,नया जोश र जॅागर लिएर जनताको भरोसा जितेर अगाडी जान सक्छ कि भन्ने विश्वाश जागेको थियो।तर विद्रोहको नेतृत्व गरेका नेताहरुको भुमिका तत्कालिन नेकपा नेतृत्व भन्दा झन तल्लो स्तरमा पुग्न थाल्यो र त्यतिवेला विद्रोह नाम दिईएको “भद्रगोल” विद्रोह नभएर शक्तिमा पुग्ने र सीमित नेताहरुको निहित स्वार्थ पुरा गर्ने भर्यांगको रुपमा विकसित हुन पुगेको आभाष हुन थाल्यो । त्यसैले कम्युनिष्ट पार्टीको विचार,पद्दती र लक्ष्य अनुरुप नेकपा एकिकृत समाजवादीले पनि आगामी वाटो सही रुपमा निर्धारण गर्ने देखिएन।”

यसरी राजीनामा दिनेमा प्रवासी नेपाली एकता मञ्च अन्तर्राष्ट्रिय कमिटीका सहसंयोजक राजनकुमार बस्नेत, अष्ट्रेलियाका अध्यक्ष माधव शाह, उपाध्यक्ष हरेरामचन्द्र राउत, प्रवक्ता प्रेम घिमिरे, सदस्यहरु वीरेन्द्र उदास, रामकृष्ण कार्की, दामोदार रावल रहेका छन् ।

विज्ञप्तिमा उनीहरुले पार्टीले जनताको सवालमा कुनै चमत्कार गर्ने छाँटकाँट नदेखेकोले सो पार्टीको कमिटी पद्धति र सदस्यको रुपमा रही रहन नसक्ने अवस्था आएको भन्दै आजकै मितिबाट लागू हुनेगरी साधारण सदस्य समेत त्याग गरेको बताइएको छ । आगामी दिनमा स्वतन्त्र रुपमा समूदायमा अघि बढ्ने पनि उनीहरुले प्रष्ट पारेका छन् ।

यसअघि पनि प्रवासी नेपाली एकता मञ्चका उपाध्यक्ष प्रकाश सेढाईंले तत्कालीन पर्यटनमन्त्री प्रेम आलेको रवैयाको विरोध गर्दै राजीनामा दिईसकेका थिए । पछिल्लो राजीनामा प्रकरणपछि समाजवादी निकट प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलिया खाली भएको छ ।

यस्तो छ विज्ञप्तिको सार –

प्रेस वक्तव्यः

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता पछि वनेको नेकपाको प्रवासमा कृयाशिल कमिटी नेपाली प्रवासी एकता मंच, अष्ट्रेलियामा संगठीत रहेका हामी कार्यकर्ताहरु नेकपामा विकसित अन्तर कलहवाट अछुत रहन नसकेको कुरा सर्वविदितै छ।तत्कालिन पार्टी नेतृत्वको सामुहिक रुपमा पार्टी संचालन नगर्ने एकल तरीकाले आजित भएका हामीलाई तत्कालिन प्रधानमन्त्री तथा पार्टी अध्यक्षको संसद विघटन गर्ने कार्यले झन वलेको आगोमा घिउ थप्ने कार्य गर्यो।अन्तर विरोध गहिरीन थाले पछि अन्तर पार्टी वैठक, वहस र छलफलवाट गलत कार्यको आलोचना गरी सहि निचोड निकालेर सोही अनुसार व्यवस्थापन गर्ने तिर लाग्नु पर्नेमा नेताहरुको जुंगे लडाइमा कोही एता र कोही उता लाग्ने कार्य हामीवाट हुनु एक वामपन्थी कार्यकर्तालाई सुहाउने कार्य पटक्कै थिएन।जुंगे लडाईको शिकार वनेका हामी विद्रोहको नाममा नेकपामा आएको विग्रहवाट छिन्नभिन्न हुन पुगेउ। विभाजनले हामीलाई क्षतविक्षत गर्यो।विभाजन पछि नेकपा एकिकृत समाजवादीमा संगठीत हुन पुगेका हामीलाई विद्रोह वाट वनेको नया पार्टीले नया विचार, नया संगठन,नया जोश र जॅागर लिएर जनताको भरोसा जितेर अगाडी जान सक्छ कि भन्ने विश्वाश जागेको थियो।तर विद्रोहको नेतृत्व गरेका नेताहरुको भुमिका तत्कालिन नेकपा नेतृत्व भन्दा झन तल्लो स्तरमा पुग्न थाल्यो र त्यतिवेला विद्रोह नाम दिईएको “भद्रगोल” विद्रोह नभएर शक्तिमा पुग्ने र सिमित नेताहरुको निहित स्वार्थ पुरा गर्ने भर्यांगको रुपमा विकसित हुन पुगेको आभाष हुन थाल्यो।त्यसैले कम्युनिष्ट पार्टीको विचार,पद्दती र लक्ष्य अनुरुप नेकपा एकिकृत समाजवादीले पनि आगामी वाटो सहि रुपमा निर्धारण गर्ने देखिएन।वरु जुन सुकै वेला एमालेले मागे अनुरुपका पदहरु दिए एमालेमा जाने नत्र सत्ता यात्राको क्रममा जो सुकै सॅग भए पनि र जसरी भए पनि सहयात्रा गर्ने वाटोमा पार्टी हिडेको प्रष्ट देखे पछि अव त्यो पार्टीले देश र जनताको सवालमा कुनै चमत्कार गर्ने छॅाटकॅाट नदेखेकोले सो पार्टीको कमिटी पद्दती र सदस्यको रुपमा रही रहन नसक्ने अवस्थामा पुगेको हुनाले आजकै मितीवाट लागु हुने गरी आफु वसेको कमिटी र पार्टीकै साधारण सदस्य समेत त्याग गरेको घोषणा गर्दछौं र आज उप्रान्त आगामी दिनमा देश र जनताको आमुल परीवर्तन गर्न समग्र वामपन्थी एकता पक्षमा जोड दिदै तत्कालका लागि एक स्वतन्त्र वाम विचार वोकेको सामान्य व्यक्तिको रुपमा आफुलाई उभ्याउन चाहन्छौ।
अभिवादन सहित

-राजन कुमार वस्नेत
सह संयोजक ,प्रवासी नेपाली एकता मन्च अन्तराष्ट्रिय कमिटी
अध्यक्ष ,प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया
-माधव शाह
सदस्य, प्रवासी नेपाली एकता मन्च अन्तराष्ट्रिय कमिटी
उपाध्यक्ष, प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया
-हरेराम चन्द्र राउत
प्रवक्ता, प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया
-प्रेम घिमिरे, सदस्य प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया
-वीरेन्द्र उदास, सदस्य, प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया
-राम किष्ण कार्की , सदस्य, प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया
-दामोदर रावल, सदस्य प्रवासी नेपाली एकता मन्च, अष्ट्रेलिया