गोर्खा लेजेन्डले जित्यो ‘टिएनसीए टी-२० च्याम्पियनसिप २०२३’ को उपाधि

गोर्खा लेजेन्डले जित्यो ‘टिएनसीए टी-२० च्याम्पियनसिप २०२३’ को उपाधि


तास्मानिया अष्ट्रेलिया ।

तास्मनियन नेप्लिज क्रिकेट एसोसिएसन (टिएनसिए)ले आयोजना गरेको दोस्रो संस्करणको टी–२०  च्याम्पियनसिपको उपाधि गोर्खा लेजेन्डले जितेको छ । शनिबार भएको फाइनल खेलमा एक्सपर्ट क्रिकेट क्लबलाई ३ विकेटले पराजित गर्दै गोर्खा लेजेन्डले उपाधि कब्जा गरेको हो । 

पहिला ब्याटिङ गरेको एक्सपर्ट क्रिकेट क्लबले ८ विकेटको क्षतिमा १४१ रन बनाएको थियो ।  एक्सपर्ट क्रिकेट क्लबले दिएको १४२ रनको विजयी लक्ष्य गोर्खा लेजेन्डले ७ विकेट गुमाएर १९.२ ओभरमा पूरा गर्‍यो । जितसँगै गोर्खा लेजेन्डले नगद २२ सय २२ अष्ट्रेलियन डलर र दोस्रो स्थान प्रप्ता गर्ने एक्सपर्ट क्रिकेट क्लबले ११ सय ११ अष्ट्रेलियन डलरका साथै मेडल प्रमाणपत्र पाएको छ । 

३ खेलमा ११ विकेट लिएका गोर्खा लिजेन्ड्सबाट सुनिल बसौला उत्कृष्ट बलर घोषित भए । यति क्रिकेट क्लबबाट दिनेश केसीले ३ खेलमा २ अविजित अर्धशतक सहित १४७ रन बनाएर उत्कृष्ट ब्याट्सम्यानको उपाधि पाए । बीट फिल्डरमा गोरखा लिजेन्ड्सबाट रमेश सिंह, उत्कृष्ट साता किपर गोर्खा लिजेन्ड्सका खेमराज पौडेल र बीट प्लेयर अफ द सिरिज राघव सहदेव घोषित भए । खेलका सबै उत्कृष्टलाई मेडल तथा प्रमाणपत्रले पुरुस्कृत गरिएको थियो । 

यस्तै टिएनसीएले सम्पूर्ण समुदायमा एकता, शान्ति, सद्भाव र खेलकुदको सन्देश पुर्याउने उदेश्य राखेर सामाजिक संघ–संस्था र कर्पोरेट हाउसहरूबीच मैत्रीपूर्ण परोपकारी खेलको पनि आयोजना गरेको थियो । 

उक्त मैत्रीपूर्ण खेलमा सामाजिक संघ–संस्थाको टिम विजयी भएको थियो। मैत्रीपूर्ण खेलका सबै सहभागीहरू खेल खेल्न पाउँदा खुसी र उत्साहित भएका थिए । यस्तो प्लेटफर्म उपलब्ध गराएकोमा उनीहरुले टिएनसीएलाई धन्यवाद दिँदै प्रशंसा गरेका थिए । 

ग्रेस इन्टरनेशनलको मुख्य प्रयोजनमा भएको खेल मार्च १८ तारिखदेखि संचालन भएको थियो । उक्त प्रतियोगितामा काठमाडौँ वारियर्स, गोर्खा लेजेन्ड, क्यापिटल क्रिकेट क्लब, मुनलाइट राइनोज क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब, यती क्रिकेट क्लब गरी ६ टिमले सहभागिता जनाएका थिए । 

विगतका बर्षझै ग्रेस इन्टरनेशनलले तास्मानिया रहेर विभिन्न सामाजिक कार्यमा अग्रसरताका साथ सहयोग गर्दै आएको र यसवर्ष पनि टिएनसीएले यो अपसर प्रदान गरेकोमा तास्मानिया निर्देशक विकेन्द्र सापकोटाले धन्यबाद दिए । स्मारण रहोसः ग्रेस इन्टरनेशनलले अष्ट्रेलियामा आयोजना हुने सांगीतिक कार्यकम, खेलकुद र सामाजिक कार्यमासमेत कार्य गर्दै आएको छ ।

प्रतियोगितालाई सफल्ता पूर्वक सम्पन्न गर्न महत्त्वपूर्ण सहयोग गर्ने प्रायोजक, सामुदायिक संस्था, काउन्सिल, क्रिकेट तस्मानिया, समुदायका सदस्यहरू र खेलाडीहरूलाई टिएनसीएका अध्यक्ष बाबु न्यौपानेले धन्यबाद दिएका छन् । उनले सबै सरोकारवालाहरूको साथ र सहयोग पाएको भन्दै खुसी व्यक्त गरेका छन् ।

तस्बिरः डिएमएस प्रोडक्सन