शुभकामना साँझ नयाँ वर्ष २०८०’ मा सहभागी हुन ब्रिस्वेन पुगे हरिवंश आचार्य

शुभकामना साँझ नयाँ वर्ष २०८०’ मा सहभागी हुन ब्रिस्वेन पुगे हरिवंश आचार्य


ब्रिस्वेन अष्ट्रेलिया ।

नेपाली पाठशालाको सहयोगर्थ कास्की समाज अष्ट्रेलियाले आयोजना गरेको ‘शुभकामना साँझ नयाँ वर्ष २०२३’ अर्थात (नेपाली नयाँ वर्ष वि.स.२०८०) मा सहभागी हुन वरिष्ठ कलाकार हरिवंश आचार्य ब्रिस्वेन पुगेका छन् ।

नेपाली एसोसियसन अफ क्वीन्सल्याण्ड सहआयोजक रहेको उक्त कार्यक्रम सहभागी हुनु हरिवंश आचार्य, गायिका टिका प्रसाईँ, गायक मुर्कस दास ब्रिस्वेन पुगेको कास्की समाज अष्ट्रेलियाका भानु बरालले केबीसीलाई जानकारी दिए । उनले कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पनि बताए ।

परोपकारी उदेश्यकासाथ आयोजना गरिएको उक्त कार्यक्रमलाई गैर आवासीय नेपाली संघ (एनआरएन) क्वीन्सल्याण्डले पनि सघाएको छ । उक्त कार्यक्रममा टिका प्रसाईँ, मुर्कस दास र स्थानीय कलाकारहरुको विषेश प्रस्तुति रहनेछ ।

नेपाली नयाँ वर्षको अवसरमामा आयोजना गरेको कार्यक्रम भव्य, सभ्य र उल्लासमय रुपमा मनाउन आफ्नो गरिमामय उपस्थिति जनाएर सहयोग गरिदिन समाजले आग्रह गरेका छन् । कार्यक्रमबाट संकलित रकम नेपाली पाठशाला ब्रिस्बेन, क्वीन्सल्याण्ड र अन्य सामुदायिक कार्यमा खर्च गरिने छ।

स्मारण रहोस: कार्यक्रम तोकिएको समयमै सुरु भएर तोकिएकै समयमा समापन गरिने छ ।