अक्टोबर १५ मा मेलबर्न सप्ताह गर्ने तयारी, नेपाली मन्दिरमा प्राण प्रतिष्ठा सम्पन्न

मेलबर्न अष्ट्रेलिया । आगामी महिना १५ अक्टोबरमा मेलबर्न सप्ताह–२ हुने भएको छ। भिक्टोरियाको डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्रमा अक्टोबर १५ देखि २४ (घटस्थापना देखि विजया दशमीसम्म)सम्म श्रीमद्धभागवत सप्ताह ज्ञान महायज्ञ हुन लागेको हो। सप्ताहको प्रमुख वाचक पण्डित् दिनबन्धु पोख्रेल रहेका छन्। पण्डित् पोख्रेललाई बाल ब्यास श्रावण गुरुले साथ दिनेछन् भने सन्तोष गर्ग क्षेत्रीले भजन कीर्तन…