ब्रिजबेन, अष्ट्रेलिया । अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरुको संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसियसन (एन्जा)को वार्षिक साधारण सभा ब्रिजबेनमा सम्पन्न भएको छ। शनिबार ब्रिजवेनमा भएको साधारण सभामा बिधान संसोधनसहित महत्वपुर्ण निर्णय भएका छन्। यससँगै एन्जाले क्वीन्सल्याण्डको नेपाली समूदायका अगुवाहरुसँग अन्तरक्रिया समेत सम्पन्न गरेको छ। एन्जाका सचिव सरल गुरुङको संयोजनमा आयोजित सामूदायिक अन्तरक्रियाको सञ्चालन महासचिव नारायण खड्काले गरेका…