मेलबर्न अष्ट्रेलिया । थारु समुदायको महान चाड माघीको अपसरमा अष्ट्रेलियाको सिड्नीमा चौथो माघी महोत्सव हुने भएको छ। थारु समाज सिड्नी अष्ट्रेलियाको आयोजनामा जनवरी १५ तारिख विटलाम पार्कमा माघी महोत्सव हुन लागेको हो।
माघी पर्व हर्ष उल्लासका साथ मनाउने तयारी भइरहेको सोसाइटीका पब्लिक अफिसर अरुण आर्यन चौधरिले जानकारी दिए। सोमबार दिउँसो २ बजेबाट सुरु हुने माघी महोत्सवमा थारु लाठी नाच, झुमरा नाच आदी नृत्यहरु प्रदर्शन गरिने पब्लिक अफिसर अरुण आर्यन चौधरीले केबीसीलाई बताए।
थारु परिकारहरू ढिकरी, खिचरी, बंगुरको मासु, तिलको लड्डुको स्वाद पनि लिन सकिने उनको भनाइ छ। थारु रिति रिबज अनुसारका नाच गान र खान पिनसहित हुने सो कार्यक्रममा उपस्थितिको लागि थारु सोसाईटी सिडनी अष्ट्रेलियाले सम्पूर्ण थारु समुदायलगायत नेपालीवासीलाई आग्रह गरेको छ।
महोत्सवको बारेमा थप जानकारी लिन पब्लिक अफिसर अरुण आर्यन चौधरी ०४०१४३५९५९ र संस्थाका अध्यक्ष दीप नारायण चौधरीलाई ०४११६८८७९८ नम्बरमा सम्पर्क गर्न सकिने छ।
माघी पर्वलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका थरुहट तराई क्षेत्रमा बस्ने थारु समुदायले स्थान विशेषका आधारमा माघ ९माघी० तिला संक्राइत–खिचरा–खिचरी खिचडी आदि नामबाट हर्षोल्लासपूर्वक मनाउँदै आइरहेका छन्।
पुर्व झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर,सिरहा,धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सामा बसोबास गर्ने थारु समुदायले तिलासंक्राइत, मध्य चितवनका थारु समुदायले खिचरा, नवलपरासी, रुपन्देहीका थारु समुदायले खिचरी–खिचडी तथा दाङ, बाँके, सुर्खेत,बर्दिया,कैलाली,कन्चनपुर लगायतका हामी थारु समुदाय यसलाई माघ पर्वको रूपमा मनाउँदै आएका छन्।
प्रतिक्रिया