मेलबर्न अष्ट्रेलिया । पाकिस्तानविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले २४१ रनको अग्रता लिएको छ। तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले ६ विकेट गुमाएर १८७ रन बनाएको हो।
पहिलो पारिमा ३१८ रन बनाएको थियो । पाकिस्तानलाई पहिलो पारिमा २६४ रनमा रोक्दा ५४ रनको अग्रता लिएको थियो। दोस्रो पारिमा १८७ रन बनाउँदा २६४ रनको अग्रता बनाउँदै पाकिस्तानलाई बलियो लक्ष्य दिने पक्का छ। अब २ दिनको खेल बाँकी छ।
यस्तै, अस्ट्रेलियाको दोस्रो पारिमा मिचेल मार्स शतक बनाउन असफल रहे। उनी ९६ रनमा आउट भएका थिए। यसैगरी स्टेभन स्मिथ ५० रन बनाएर आउट हुँदा अहिले एलेक्स केरी १६ रन बनाएर क्रिजमा छन्। अस्ट्रेलियाका उस्मान ख्वाजा र मार्नस लाभुसेनले खाता खोल्न सकेनन् भने डेभिड वार्नर ६ तथा मार्नस लाभुसेन ४ रन बनाएका थिए।
पाकिस्तानका शेहन साह अफ्रिदी र मिर हम्जाले तीन तीन विकेट लिएका छन्। चौथो दिनको खेल शुक्रबार विहान सससवा ५ बजे सुरु हुने छ। तीन खेलको टेस्ट सिरिजमा अस्ट्रेलिया १–० ले अगाडि छ।
प्रतिक्रिया