मेलबर्न अष्ट्रेलिया ।
अष्ट्रेलियाबाट संचालित अनलाईन मिडिया नेपालट्युबले नेपाली विद्यार्थीलाई छात्रबृत्ति दिने भएको छ। आईटी शिक्षा र परामर्शका क्षेत्रमा काम गरिरहेको टेक स्किल ईन्स्टिच्युटसँगको सहकार्यमा ३ महिनामा २ र एक वर्षमा ८ जना विद्यार्थीलाई जबरेडी प्रोग्राम अन्तर्गत छात्रबृत्ति उपलब्ध गराउन लागिएको हो।
अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूलाई आईटी रोजगारीका लागि सहयोगी हुने जबरेडी प्रोग्राम अध्ययनका क्रममा एक वर्षे छात्रबृत्ति प्याकेजको योजना ल्याइएको नेपालट्युबका सम्पादक सरल गुरुङले जानकारि दिए। तीन महिनाको एक पटक दिइने छात्रबृत्तिमा एक जना सिड्नीबाट र एक जना मेलबर्नबाट गरेर २ जना छनौँट गरिनेछ। उनले भने, क्रमसः तीन तीन महिना गरेर एक वर्षमा ८ जनाले प्रति व्यक्ति ३ हजार २ सय ९० अष्ट्रेलियन डलर बराबरको छात्रबृत्ति पाउनेछन्। एक वर्षमा २६ हजार ३ सय २० अष्ट्रेलियन डलर अर्थान नेपाली २३ लाख ७४ हजार रुपैया बढीको छात्रबृत्ति वितरण हुनेछ।
नेपाल ट्युब अष्ट्रेलियाले दुबै पक्षले तयार पारेको कार्यबिधिमा बसेर हाईब्रिड मोडलमा जेहेन्दार, मेहनति र आर्थिक रुपमा समस्यामा परेका विद्यार्थी,अझ महिला, अल्पसंख्यक, जनजाति, दलित र यौनिक अल्पसंख्यकहरुको समाबेशी मोडललाई समेत आत्मसाथ गरेर छात्रवृत्तिका लागि विद्यार्थी छनौँट गरिने सम्पादक गुरुङले बताए।
छात्रबृत्ति योजनामा नेपालट्युबका तर्फबाट सम्पादक सरल गुरुङ र टेक स्किल ईन्स्टिच्युटका तर्फबाट सञ्चालक बिराज भँडेलले नेपालट्युब न्यू एबिलिटी छात्रबृत्ति योजनासहितको जबरेडी प्रोगामको सम्झौतामा हस्ताक्षर गरेका छन्।
टेकस्किलका सञ्चालक भडेलले आइटी क्षेत्रमा जागरि पाउन चाहिने प्राविधिक दक्षता, कामको योग्यता, अन्तरवार्ताको क्षमता अभिबृद्धि, औद्योगिक सर्टिफिकेट लगायतका क्षेत्रमा यो प्रोग्राम धेरै सहयोगी बन्नसक्ने विश्वास व्यक्त गरे। सञ्चालक भडेलले नेपालट्युबसँगको सहकार्यमा पाएको छात्रवृत्तिले विद्यार्थीको भविश्य उज्जल होस भन्ने कामना गरेका छन्।
यो छात्रवृत्ति अष्ट्रेलियामा बस्ने र आइटी ग्राजुएट अध्ययन गरिरहेका नेपाली अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई प्रदान गरिने भएकाले र निश्चित कोटा रहेकाले समयमै सम्पर्क गर्न सम्पादक गुरुङले आग्रह गरेका छन्।
टेकस्किल ईन्स्टिच्युटको यो अभियानले आईटी क्षेत्रमा करियर खोजेकाहरुलाई ठूलो सहयोग पुग्ने आशा गरिएको छ। यस्तै, अष्ट्रेलियाको आईटी क्षेत्रमा उत्कृष्ट शिक्षा दिदै आएको टेकस्किल ईन्स्टिच्युटले छात्रबृत्ति अभियानका साथसाथै रकडेलमा नयाँ शाखा समेत विस्तार गरेको छ।
प्रतिक्रिया