अष्ट्रेलियामा आँधीका कारण १ जनाको मृत्यु १ लाख २० हजार घर बिजुलीविहीन

अष्ट्रेलियामा आँधीका कारण १ जनाको मृत्यु १ लाख २० हजार घर बिजुलीविहीन


मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यको दक्षिणपूर्वी भागमा क्रिसमसको रातमा भीषण आँधीसहित चट्याङ आउदा ठूलो दुर्घटना निम्तिएको छ । चट्याङका कारण एक महिलाको मृत्यु भएको छ।

सातै आँधीबाट १ लाख २० हजारभन्दा बढी घरहरू बिजुलीविहीन भएको स्थानीय सञ्चारमाध्यमले मङ्गलबार उल्लेख गरेका छन्। स्थानीय अखबार द कुरियर–मेल’ का अनुसार सडकमा हिँड्दै गर्दा रुख ढलेपछि गोल्ड कोस्ट शहरको उपनगर हेलेन्सभेलमा ५० वर्षकी महिलाको मृत्यु भएको थियो।

गोल्ड कोस्ट, सिनिक रिम र लोगानमा आँधीको प्रभावले लगभग एक लाख २७ हजार घरहरू बिजुलीविहीन भएको अखबारले उल्लेख गरेको छ। स्थानीय बिजुली कम्पनीका कर्मचारीहरूले आँधीले क्षति पुगेका आठ सय ७५ वटा बिजुली लाइनहरू मर्मत कार्य भईरहेको बताएका छन्। क्वीन्सल्याण्डमा विनाशकारी आँधीबेहरीले ध्वस्त पारेको बिजुली केही दिनसम्म बन्द हुन सक्ने बताइएको छ।

मङ्गलबार दिउँसो अर्को आँधीबेहरी आउन सक्ने चेतावनी जारी गरिएको छ। उपनगरहरूले असिना पर्न सक्ने भन्दै दक्षिण पूर्व क्वीन्सल्याण्ड क्षेत्र प्रतिकूल मौसमबाट पीडित हुने सक्ने सूचना जारी गरेको छ।

प्रतिकूल मौसमका कारण यस वर्षको क्रिसमसको अवधिमा पूर्वी अस्ट्रेलियामा विनाशकारी आँधी आउने सम्भावना रहेको अस्ट्रेलियाको एबीसी न्युज प्रसारकले शनिबार जनाएको छ।