मेलबर्न अष्ट्रेलिया ।
अस्ट्रेलियाका स्टार ब्याटर डेविड वार्नरले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका छन्। दुई पटकका विश्वकप विजेता हुँदाको टिमका सदस्य रहेका उनले अस्ट्रेलियाले भारतलाई हराउँदै एकदिवसीय विश्वकपको उपाधि जितेको दुई महिनापछि संन्यास लिने घोषणा गरेका हुन्।
विश्वकप २०२३ मा उनले २ शतकको मद्दतमा ४ सय ९४ रन बनाए। अस्ट्रेलियाले छैटौँपटक एकदिवसीय विश्वकप उपाधि जित्नमा वार्नरको पनि महत्वपूर्ण भूमिका रह्यो। उनले आफ्नो क्रिकेट करियरमा १ सय ६१ ओडिआई खेलमा २२ शतक र ३३ अर्धशतकको सहयोगमा ६ हजार ९ सय ३२ रन बनाए।
वार्नरले टेस्ट क्रिकेटमाट पनि संन्यास घोषणा गरिसकेका छन्। उनले पाकिस्तानसँगको टेस्ट सिरिजको तेस्रो खेललगत्तै यस ढाँचाबाट पनि संन्यास लिनेछन्।पाकिस्तान र अस्ट्रेलियाबीचको तेस्रो टेस्ट खेल बुधबारदेखि सुरु हुनेछ।
प्रतिक्रिया