ब्रिस्वेन अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) ओसियाना क्षेत्रीय संयोजकमा अष्ट्रेलियाबाट उमेश खड्काले उम्मेदवारी घोषणा गरेका छन्। आगामी अक्टोवर १७ देखि २० तारिखसम्म काठमाडौँमा हुने एनआरएनएको विश्व सम्मेलनमा अस्ट्रेलियाबाट खड्काले ओसियाना क्षेत्रीय संयोजकमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। लामो समयदेखि अस्ट्रेलियालाई कर्म थलो बनाएर सामाजिक कार्यमा सक्रिय खड्काले एनआरएनए क्वीन्सलायाण्ड राज्यको उपसंयोजक, संयोजक हुँदै…