ब्रिस्वेनमा नेपालीहरूको लगानीमा नयाँ कलेज खुल्यो, कुन-कुन बिषय हुनेछ पढाई ?

ब्रिस्वेनमा नेपालीहरूको लगानीमा नयाँ कलेज खुल्यो, कुन-कुन बिषय हुनेछ पढाई ?


ब्रिस्वेन, अष्ट्रेलिया ।

क्वीन्सल्याण्ड राज्यको बिस्बेनमा नेपालीहरुको संयुक्त लगानीमा नयाँ कलेज खुलेको छ। अजब्रिज ईन्स्टिच्युट अफ टेक्नोलोजी नामक दिएको उक्त भेट कलेजको आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो।

स्वदेशी तथा विदेशी विद्यार्थीलाई ‘भोकेसनल एजुकेशन एण्ड ट्रेनिङ’ भेट शिक्षा पढाउने गरि स्थापना भएको कलेजले विजनेश, अकाउटिङ र म्यानेजमेन्टका डिप्लोमा र एडभान्स डिप्लोमाका विभिन्न ६ वटा कोर्षहरु पढाउने कलेजका सिइयो रितम्ब थापाले बताए।

फेब्रअरी १९ बाट विद्यार्थी पढाउन सुरु हुनेछ, उनले भने, ‘कलेजले १ सय ८० जना विद्यार्थी पढाउने अनुमति पाएको छ। हाललाई अष्ट्रेलियामै भएको विद्यार्थी भर्ना गरी कलेजलाई संचालन गरिनेछ। छिट्टै विदेशबाट समेत विद्यार्थी भर्नामा जोड दिइनेछ।’

साउथ एसियाबाट भिजा रिजेक्सन रेट हाई भएकोले तत्काल अष्ट्रेलियाका विभिन्न स्टेटमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीलाई विषेश प्रथामिकतामा राखेको उनले बताए।

विद्यार्थीलाई व्यवहारिक ज्ञान दिएर जब मार्केटमा जान कलेजले महत्वपुर्ण भूमिका खेल्ने उनको दाबी छ। विशुद्ध नेपालीको लगानी रहेको कलेजमा नेपालबाट पढ्न आउने विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था गरिने सिइओ थापाले जानकारी दिए।

कलेजमा ब्रिस्बेनको नेपाली समुदायमा चिरपरिचित व्यक्तित्व तथा विभिन्न क्षेत्रमा दक्षता हासिल गरेका ८ जनाको लगानी रहेको छ।