म्याक्सीम्याक्स न्याभ कपको विजेताले ५ हजार डलर पाउने, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी पनि आउँदै

म्याक्सीम्याक्स न्याभ कपको विजेताले ५ हजार डलर पाउने, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरी पनि आउँदै


मेलवर्न । नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले हरेक वर्ष आयोजना गर्ने न्याभकप क्रिकेट प्रतियोगिताको क्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका स्टार खेलाडीहरु कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीलाई सम्मान गरिने भएको छ । यस्तै क्रिकेट एशोसिएसन अफ नेपाल क्यानका अध्यक्ष चतुरबहादुर चन्द पनि न्याभको पुरस्कार वितरण कार्यक्रममा सहभागी हुने भएका छन् । आईतबार मेलबर्नमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यस्तो जानकारी गराइएको हो । न्याभ कपको १९ औं संस्करण म्याक्सीम्याक्स न्याभ कपका नामममा आयोजना हुनेछ ।

स्थानीय डोनेथ रिजर्भ रिजर्भोयरमा हुने प्रतियोगितामा विजेता टोलीले ५ हजार डलर नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । द्वितिय पुरस्कार १ हजार ५ सय डलर, ट्रफी र मेडल रहनेछ ।

प्रतियोगितामा फारवेस्ट हन्टर्स क्रिकेट क्लब, रोयल राइनोज क्रिकेट क्लब, एक्सपर्ट सगरमाथा ब्लुज, हिमालयन क्लब, ट्राइकन क्रिकेट क्लब, ग्रेस गोर्खाली क्रिकेट क्लब, ब्राइटन एभरेष्ट युनाइटेड क्रिकेट क्लब, युनाइटेड वारियर्स क्रिकेट क्लब, काठमाडौं क्यापिटल्स क्रिकेट क्लब, डाँफे स्ट्राइकर्स क्रिकेट क्लब, राइजिङ सन स्पोर्ट्स क्लब, चितवन क्रिकेट क्लब, चितवन राइनोज क्रिकेट क्लब, नारे किंग्स, गुल्मी टाइगर्स क्रिकेट क्लब, एभरेष्ट लायन र माभेन क्रिकेट क्लब गरी १७ क्लबहरु सहभागी छन् ।

कार्यक्रममा बोल्दै न्याभका अध्यक्ष प्रेम उप्रेतिले प्रतियोगिताका नियमहरुका विषयमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै मुख्य प्रायोजक म्याक्सीम्याक्स एजुकेशन एण्ड माईग्रेसनका निर्देशक शंकर धरेलले भिक्टोरियाका नेपाली तथा बहुँसांस्कृतिक समुदाय मात्र नभएर नेपालमा समेत न्याभ कपको महत्व र चर्चा बढ्दै गएको अवस्थामा आफूहरु पनि यस्को हिस्सा बन्न खोजेको बताए । ुुन्याभ कपको बहुआयामिक महत्व रहेको छ, भिक्टोरिया मात्र नभएर यसको चर्चा नेपालमा समेत बढेको छ, यस बहुआयामिक क्रिकेट कपमा सहभागी हुन पाउनु खुशीको कुरा हो । उनले भने ।

पत्रकार सम्मेलनमा न्याभका कोषाध्यक्ष डा। एकिन्द्र तिम्सिनाले न्याभ कपलाई सफल बनाउन साथ दिने प्रायोजक, क्रिकेट क्लबहरु, सामाजिक संघसंस्था, मिडियालाई धन्यवाद दिए ।

न्याभ कपकै अवसरमा च्यारिटी कप पनि आयोजना गरिने र यसबाट संकलित रकम नेपाल क्रिकेट संघ ९क्यान० लाई सहयोग गर्ने तयारी छ ।