मेलबर्नमा रोयल वेस्टर्न क्लबको आयोजनामा तीन दिने रक्तदान कार्यक्रम सम्पन्न

मेलबर्नमा रोयल वेस्टर्न क्लबको आयोजनामा तीन दिने रक्तदान कार्यक्रम सम्पन्न


मेलबर्न अष्ट्रेलिया ।

अष्ट्रेलियाको मेलबर्नमा अबस्थित रोयल वेस्टर्न क्लबको आयोजना तथा साउथ इष्ट सकर क्लब, मेलबर्न नेप्लिज कम्युनिटी वेस्ट र न्याभ बाल चौतारी वेस्टको सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। 

तीन दिनसम्म चलेकाे उक्त कार्यक्रम जनवरी ६ र ७ तारिख एअरपोर्ट वेस्ट लाइफ ब्लड डोनर सेन्टर र जनवरी १३ तारिख माउन्ट वाभरली लाइफ ब्लड डोनर सेन्टरमा गरी जम्मा ४० जनाको सहभागिता रहेको थियो। उनीहरूमध्ये १९ जनाले रक्तदान र २१ जनाले प्लाज्मा दान गरेका थिए।

सन् २०२१ को जनवरीमा रोयल वेस्टर्न्स क्लब अन्तर्गत अस्ट्रेलियन रेडक्रस लाइफ ब्लडमा दर्ता भएको रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिममा  हालसम्म १४७ जना रक्तदाताहरू सदस्य छन्। उक्त टिमका सदस्यहरुले अहिलेसम्म ३१९ पटक रक्तदान गरिसकेका छन्। १२८ जनाले रक्तदान र १९१ जनाले प्लाज्मा दान गरेका छन्। टिमको तर्फबाट हालसम्म जम्मा ९५७ जनाको जीवन बचाउन सफल भइसकेकाे जनाइएकाे छ।

टिमले सन् २०२२ मा अस्ट्रेलियन रेडक्रस लाइफ ब्लडले रास्ट्रीयब्यापी रूपमा आयोजना गरेको लोकल स्पोर्टिङ्ग क्लब ब्लड च्यालेन्ज कार्यक्रममा रक्तदानमा दोस्रो स्थान हासिल गर्न तथा सबैभन्दा धेरै जनाले प्लाज्मा दान गर्न सफल भएको थियो। 

नेपाली समुदायमा नियमित रक्तदान गर्दै आएका रक्तदाता डा सन्देश पन्थले हालसम्म १८७, रोशन उपाध्यायले ८० पटक रक्तदान गरिसकेका छन।

रक्तदान कार्यक्रममा सहभागी रक्तदाता तथा साउथ इष्ट सकर क्लबका सचिव प्रकाश गौतमले क्लबको यस कार्यक्रममा सहभागी हुनुका साथै आफ्नो क्लब साउथ इष्ट सकर टिमको तर्फबाट सहयोगीको रूपमा जोडिन पाउँदा निकै उत्साहित भएको बताए। उनले आगामी दिनहरूमा रक्तदानमा निरन्तर लागि पर्ने प्रतिवद्धता जनाए।

अष्ट्रेलियन रेडक्रस लाइफ ब्लड, रिजनल पार्टनरशिपका ग्रुप एकाउन्ट म्यानेजर जेनेभिब डब्सनले नेपाली समुदायको प्रतिनिधित्व गर्दै रोयल वेस्टर्न्स क्लब लाइफ ब्लड टिमले निरन्तर रूपमा गर्दै आएको रक्तदान कार्यक्रमले अस्ट्रेलियामा रहेका विभिन्न समुदायहरूका बिचमा निकै राम्रो छाप पार्न सफल भएको बताइन्। उनले निरन्तर रूपमा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएकोमा मुक्त कण्ठले प्रशंसा गरिन्। सम्पूर्ण नेपाली समुदाय , सहभागी रक्तदाताहरू लगायत संस्था प्रति हार्दिक आभार प्रकट गर्दै उनले धन्यवाद दिएकी थिइन्। 

क्लबका अध्यक्ष रोशन दाहाल र उपाध्यक्ष निर्मला शर्माले एअरपोर्ट वेस्ट लाइफ ब्लड र माउन्ट वाभरली लाइफ ब्लड डोनर सेन्टरलाई व्यवस्थित रूपमा संचालन गर्न सहयोग गरेकोमा धन्यवाद दिए। यस पटक देखि यस कार्यक्रममा साउथ इष्ट सकर क्लब पनि सहयोगीको रूपमा जाेडिएकाले सम्पूर्ण क्लबका पदाधिकारीहरूलाई धन्यवाद दिएका थिए। 

डब्लुआरसी लाइफ ब्लड टिमका संयोजक सुशील चालिसेले क्लबको सिग्नेचर प्रोग्राम रहेको उक्त रक्तदान कार्यक्रम सफल रूपमा सम्पन्न गर्न सकेकोमा खुसी व्यक्त गरे। उनले सहयोग र साथ दिने संघ-संस्था, सहयोगी, स्वयं सेवक, क्लबका प्रतिनिधिलगायत सम्पूर्ण सहभागी रक्तदाताहरूलाई धन्यवाद व्यक्त गरे।

रक्तदान कार्यक्रममा रोशन दाहाल, निर्मला शर्मा, सुशील चालिसे, मनोज भट्टराई, तेज कार्की, शसेन्द्र गौतम केसी, नारायण कटुवाल, रबिन खाँड ठकुरी, शंकर थापा, सुबास पाण्डे, रामकुमार श्रेष्ठ, डा सन्देश पन्थ, रोशन उपाध्याय, दिपेन्द्र खड्का, मिलन ज्ञवाली, मोहन बिक्रम हमाल, सुरज श्रेष्ठ, सुदिप न्यौपाने, श्रीराम चालिसे, बद्रि खनाल, हर्प्रित कौर, अमरप्रीत सिंघ, चाँदनी क्षेत्रि, मुकेश शाह, दिपेन्द्र थापा, आशिष दाहाल, धुर्ब अधिकारी, बिष्णु गुरुङ, रामजी गिरि, प्रतिक शर्मा, शरद काफ्ले, प्रकाश गौतम, सिद्धार्थ प्रधान, अभिनव प्रधान, पुरुश्वोतम थापा, प्रविन श्रेष्ठ कसजु, गणेश अधिकारी, सुन्दर थापा, लोकेन्द्र कार्की, केशव पन्त र स्टिभन एन्थाना सोपौलोसले रक्तदान गरेका थिए।