नेपाली महिला क्रिकेटर शिला र सुमन अष्ट्रेलिया आउँदै

नेपाली महिला क्रिकेटर शिला र सुमन अष्ट्रेलिया आउँदै


मेलबर्न अष्ट्रेलिया । नेपाली महिला क्रिकेटर शिला रेग्मी क्षेत्री र सुमन खतिवडा अष्ट्रेलिया आउने भएका छन्। यहि पुष २८ गते उनिहरु सिड्नी युनिर्भसिटी क्रिकेट क्लबको निमन्त्रणामा क्रिकेटका बिभिन्न खेलहरुका लागि अष्ट्रेलिया आउन लागेका हुन्।

उनिहरु दुबै कास्की जिल्लाबाट छनौट हुदै गण्डकी प्रदेशबाट खेल्ने गर्दछन्। सुमन खतिवडा भर्खरै सम्पन्न प्रधानमन्त्री कप महिला टि–२० क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट ब्याटर भएकी थिइन् भने शिला रेग्मी क्षेत्री अलराउण्डरको भुमिकामा उत्कृष्ट प्रर्दशन गर्दै आएकी छन्।

सिड्नी युनिर्भसिटी क्रिकेट क्लबका हेड कोच अष्ट्रेलियाका पुर्व कप्तान एलेक्स ब्ल्याक वेल हुन। शिलार सुमन दुबैले एलेक्सबाट बिभिन्न प्रशिक्षणहरु लिनेछन्। शिला क्षेत्रीले न्यू साउथ वेल्स क्रिकेट प्रतियोगिताका लागि भोलिन्टीयर कोचका रुपमा पनि भुमिका निर्वाह गर्नेछिन। साथै उनले हाई लेभलको प्रशिक्षण पनि प्राप्त गर्ने सिड्नी युनिर्भसिटी क्रिकेट क्लबले जनाएको छ।

सरकारी निकायले अनुमति दिएमा शिलाको लागि न्यू साउथ वेल्सको प्रतियोगिता खेल्ने ढोका समेत खुल्नेछ। उनले सिड्नी युनिर्भसिटी क्रिकेट क्लबको युथ टिमको एसिस्टेन्ट कोचको रुपमा समेत कार्य गर्ने जनाइएको छ। सुमन खतिवडाले सिड्नी युनिर्भसिटी क्रिकेट क्लबका तर्फबाट न्यू साउथ वेल्स क्रिकेट प्रतियोगिता खेल्ने क्लबले जनाएको छ।

सुमनले क्लबको आबश्यकतामा भुमिका अनुसार ख्रेल्ने छिन्। साथै उनले अष्ट्रेलियाको बसाईको क्रममा पहिलो तथा दोस्रो श्रेणीका खेलहरु पनि खेल्ने छिन्। उनले शिलासँगै हाई लेभलको प्रशिक्षण पनि प्राप्त गर्ने सिड्नी युनिर्भसिटी क्रिकेट क्लबले जनाएको छ।

सिड्नी युनिर्भसिटी क्रिकेट क्लबले बिश्वका धेरै देशहरुका उच्च सम्भावना बोकेका महिला क्रिकेटरहरुलाई बिभिन्न हाई लेभलका क्रिकेट प्रशिक्षणमा बोलाउने गरेको छ। शिलार सुमन दुबै ३ बर्षका लागि सिड्नी युनिर्भसिटी क्रिकेट क्लब जान लागेका हुन्। यद्यपि देशका लागि आबश्यक पर्दा उनिहरु दुबै उपलब्ध हुनेछन्।

उनिहरुलाई गण्डकी प्रदेश महिलाक्रिकेट टिमका प्रशिक्षक गोबिन्द प्रधान, कास्की जिल्ला महिला क्रिकेट टिमका प्रशिक्षक ऋषि शर्मा, पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष तथा कास्की जिल्ला क्रिकेट संघका कोषध्यक्ष बिरेन्द्र पुन, गिगादाख हाउसका प्रबन्ध निर्देशक बिशाल सुबेदि र पब्लिक टेलिभिजनका निर्देशक उदिपराज ढुंगानाले एक समारोह बिच बिदाई गरेका हुन्।

अष्ट्रेलियन महिला ब्याटिङ स्टार फोब लिचफिल्डलगायत अष्ट्रेलियाका सिनियर टिमका सदस्यहरुले पनि सिड्नी युनिर्भसिटी क्रिकेट क्लबका तर्फबाट न्यू साउथ वेल्स क्रिकेट प्रतियोगिता खेल्ने छन्।