परराष्ट्रमन्त्री साउद आज अस्ट्रेलिया आउँदै, यस्तो छ भ्रमण तालिका

मेलबर्न, अस्ट्रेलिया । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद आज अस्ट्रेलिया आउँदै छन्। अस्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनद्वारा यही माघ २६ र २७ गते पर्थमा गर्न लागेको सातौँ हिन्द महासागर सम्मेलनमा भाग लिन मन्त्री साउद अस्ट्रेलिया आउन लागेका हुन्। मन्त्री साउद, श्रीमती ज्योत्स्ना अधिकारी साउद र परराष्ट्र मन्त्रालयका अधिकारीहरूसहित त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।…