मेलबर्न । अष्ट्रेलियन बोर्डर फोर्सले क्वीन्सल्याण्डमा २० लाख अष्ट्रेलियन डलरभन्दा बढी बराबरको नक्कली नोट भित्र्याउने प्रयासलाई विफल पारेको छ। एबीएफका अनुसार यो क्वीन्सल्याण्डमा एकै आयातकर्तासँग सम्बन्धित हालसम्मकै सबैभन्दा ठूलो नक्कली नोट बरामदको घटना हो । गत महिना अन्त्यतिर एबीएफका अधिकारीहरूले क्वीन्सल्याण्ड पुगेका १२ वटा हवाई कार्गो सामानको निरीक्षण गर्दा २० लाख ८ सय ५० अष्ट्रेलियन…