ओएनएफ अस्ट्रेलियाको सिड्नीमा भेटघाट तथा बार्बिक्यु सम्पन्न

ओएनएफ अस्ट्रेलियाको सिड्नीमा भेटघाट तथा बार्बिक्यु सम्पन्न


मेलबर्न अष्ट्रेलिया ।

प्रवासी नेपाली मञ्च (ओएनएफ) अस्ट्रेलियाको आयोजनामा सिड्नीमा भेटघाट तथा बार्बिक्यु कार्यक्रम सम्पन्न भएको छ। 

कार्यक्रममा संविधान सभा सदस्य एवम् नेकपा एमाले केन्द्रीय सल्लाहकार कुल प्रसाद नेपालले एनआरएन नागरिकता को परिकल्पना संबिधानमा उल्लेख भएको बताउँदै अहिले देखिएका समस्याहरू समय क्रम समाधान हुँदै जाने विश्वास व्यक्त गरे। कार्यक्रममा प्रवासी मञ्च अन्तर्राष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डे, एनआरएनए आइसिसीका उपाध्यक्ष डा विनोद श्रेष्ठ, मञ्चका अष्टटेलिया अध्यक्ष केशब जोशी, नेकपा एमाले काभ्रेका पुर्व सचिव नारायण पाण्डे लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए।

मञ्चको अष्ट्रेलिया कमिटीका सचिवालय सदस्य तथा युवा इन्चार्ज भुवन पाण्डेको संयोजकत्वमा भएको कार्यक्रममा एनआरएन आईसीसी सल्लाहकार रमेश पाण्डे, आइसीसी सदस्य राम घिमिरे र आइटी तथा इंजीनियरिंङ टास्कफ़ोर्स प्रमुख होम पाण्डे तथा प्रवासी नेपाली मंच अन्तर्राष्ट्रिय कमिटी सदस्यमा मनोनीत माधब शाहलाई सम्मान गरिएको थियो। कार्यक्रमको संचालन मञ्चको अष्ट्रेलिया कमिटीका सचिव प्रकाश पन्थीले गरेका थिए।

उक्त कार्यक्रममा प्रवासी नेपाली मंचका सदस्य, शुभचिन्तक, नेपालबाट आएका अभिभावक एवं परिवारको उपस्थिति रहेको थियो। ओलम्पिक पार्कमा भएको बार्बिक्युमा मध्यान्न १२ बजेदेखि ५ बजेसम्म चलेको थियो। उक्त कार्यक्रममा दुई सय बढीको सहभागिता रहेको थियो।