लियान जोन्स्टन नेपालका लागि नयाँ अष्ट्रेलियन राजदूत नियुक्त

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वाङले नेपालका लागि अष्ट्रेलियन राजदूतको रुपमा लियान जोन्स्टनलाई नियुक्त गरेकी छिन् । एक विज्ञप्तिमार्फत विदेशमन्त्री वाङले जोन्स्टनलाई नेपालको राजदूत नियुक्त गरेको जानकारी दिएकी हुन् । राजदूतको रुपमा नेपाल आउन लागेकी जोन्स्टन करिअर डिप्लोम्याट हुन् । उनी यसअघि नाईजेरियाको अबुजामा कार्यावाहक अष्ट्रेलियन उच्चायुक्त थिइन् । उनले त्यसअघि फिजी, फ्रान्स, स्पेन,…