तास्मानिया, अष्ट्रेलिया ।
पहिलो टुर्नामेन्ट सफलता पूर्वक सम्पन्न गरेको दाजुभाई फुटबल क्लबले दोस्रो डिएफसी कप २०२५ को घोषणा गरेको छ। तास्मानियाको नेपाली फुटबल क्लब दाजुभाईले यही मार्च २२ तारिख क्याम्ब्रिज ओभल (१००० क्याम्ब्रिज रोड, क्याम्ब्रिज) फुटबल ग्राण्डमा उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो।
क्यापकन होम लोन्स होबार्ट टाइटल स्पोन्सर रहेको दोस्रो डिएफसी कपमा तास्मानियाका ८ टिमले सहभागीता जनाउने डिएफसीका अध्यक्ष प्रकाश पाण्डेले केबीसी खबरलाई जानकारी दिए। प्रतियोगितामा यस पटक होबार्ट नेपाली चर्च, नेपाली फुटबल क्लब तस्मानिया (ए), नेपाली फुटबल क्लब तस्मानिया (बी), अस्ट्रेलियन भुटानी सोसाइटी अफ नर्दन तस्मानिया, लन्सेस्टन टाकिन, दाजुभाई फुटबल क्लब (रेड), दाजुभाई फुटबल क्लब (ब्लु) र एक्सपर्ट टासी वारियर्स गरी ८ क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्ने उनले बताए।
प्रतियोगिताका खेल मार्च २२ तारिख शनिवार बिहान ८ बजेदेखि खेलाइने उनले जानकारी दिए। टुर्नामेन्टमा सहभागी टिमलाई ‘ए’ र ‘बी’ गरी दुई समुहमा विभाजन गरिएको छ। समूह ‘ए’ मा दाजुभाई फुटबल क्लब (रेड), लन्सेस्टन टाकिन, नेपाली फुटबल क्लब तस्मानिया (ए) र नेपाली फुटबल क्लब तस्मानिया (बी) छन् भने दाजुभाई फुटबल क्लब (ब्लु), एक्सपर्ट टासी वारियर्स, अस्ट्रेलियन भुटानी सोसाइटी अफ नर्दन तस्मानिया, होबार्ट नेपाली चर्च भने ‘बी’ समूह रहेको अध्यक्ष पाण्डेले जानकारी बताए।

दोस्रो डिएफसी कपको विजेताले दुई हजार र उपविजेताले ७५० अष्ट्रेलियन डलर नगद, ट्रफी पाउने डिएफसी क्लबका कप्तान छबु राजभण्डारीले जानकारी दिए। उक्त फुटबल प्रतियोगिताको पलाटिनम स्पोन्सर ब्राइटन सट कोर्सेस, गोल्ड स्पोन्सर एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्विस तास्मानिया, ओपल प्रोपटी ग्रुप ब्रिजबेन, हस्पिटालिटी पार्टनर लंघाली क्याफे एण्ड रेस्टुरेन्ट, ग्रोसरी पार्टनर लाङ्घाली क्याफे र रेस्टुरेन्ट र मिडिया पार्टनरको रुपमा केबीसी खबर रहेको छ।
पहिलो डिएफसी कपको उपाधी लन्चेस्टन नेप्लिज सकर क्लबले जितेको थियो। फाइनल खेलमा भुटानीज कम्युनिटी एसोसियसन साउदर्न तास्मानिया (बीसिएएसटी)लाई ८–१ गोल अन्तरले हराउँदै लन्चेस्टन नेप्लिज सकर क्लबले उपाधि हात पारेको थियो।
प्रतिक्रिया