ग्रेस टिएनसीए टि-२० लिग सम्पन्न, गोरखा लिजेन्ड्स बन्यो विजेता

ग्रेस टिएनसीए टि-२० लिग सम्पन्न, गोरखा लिजेन्ड्स बन्यो विजेता


तास्मानिया ।

तास्मानियन नेपालीज क्रिकेट एसोसिएसन (टिएनसीए)ले आयोजना गरेको ग्रेस टि-२० लिग सम्पन्न भएको छ। अनट्र्याक तस्मानियाको समर्थनमा मार्च १६ तारिख क्याडबरी ओभल क्लेयरमोन्टमा भएको रोमाञ्चक ग्रान्ड फिनालेसँगै लिग उक्त टि-२० लिग सफलतापूर्वक सम्पन्न भएको हो। 

२०२४ नोभेम्बर ७ बाट सुरु भएको लिगमा सात टोलीले प्रतिस्पर्धी गरेका थिए। जसमा गोरखा लिजेन्ड्स, एभरेस्ट स्टार्स, काठमाडौं वारियर्स, एक्सपर्ट क्रिकेट क्लब, मूनलाइट राइनोज, यती क्रिकेट क्लब, र क्यापिटल ड्रागन्सले १४ चरणका लिग खेल र ३ चरणका फाइनल खेल खेलेका थिए। 

फाइनल खेलमा गोरखा लिजेन्ड्सले एभरेस्ट स्टार्सलाई ६३ रनको फराकिलो जित दर्ता गर्दै च्याम्पियन ट्रफी उचाल्यो। एभरेस्ट स्टार्सले भने लिगको उपविजेतामा चित्त बुझाउनु पर्यो। पहिलो ब्याटिङ गर्दै गोरखा लिजेन्ड्सले २० ओभरमा ६ विगेको क्षतीमा १४५ रनको सम्मानजनक स्कोर बनाएको थियो। जसमा खेमराज पौडेल र बिक्रम सोब को महत्त्वपूर्ण योगदान दिए।

सन्दीप अधिकारीले उत्कृष्ट अलराण्डर प्रदर्शन गर्दै १९ रन तथा ९ रन खर्चेर ४ विकेट लिए, जसका कारण उनी फाइनलको प्लेयर अफ द म्याच घोषित भए। गोरखा लिजेन्ड्सका सामु एभरेस्ट स्टार्सको ब्याटिङ नचल्दा ८२ रनमै अलआउट भयो।

लिगको प्लेयर अफ द म्याच (ग्रान्ड फिनाले) गोरखा लिजेन्ड्सका सन्दीप अधिकारी, टुर्नामेन्टको उत्कृष्ट ब्याट्सम्यान एभरेस्ट स्टार्सका नवरोजदीप विरक, टुर्नामेन्टको उत्कृष्ट बलर गोरखा लिजेन्ड्सका सुरज थापा र टुर्नामेन्टको उत्कृष्ट खेलाडी गोरखा लिजेन्ड्सका सन्दीप अधिकारी घोषित भए। 

पहिलो ग्रेस टि-२० लिग सफलता प्रतिबिम्बित गर्दै टिएनसिएका अध्यक्ष कमल भण्डारीले आफ्नो कृतज्ञता व्यक्त गरे। उनले लिग हाम्रो समुदायका लागि ऐतिहासिक प्रतियोगिता बनेको बताए। उनले भने, यसले नेपाली खेलाडीहरू, समर्थकहरू, र प्रायोजकहरूलाई एक ठाउँमा ल्यायो। यो प्रतियोगिता केवल प्रतिस्पर्धाका लागि मात्र थिएन। यसले एकता, खेल भावना र क्रिकेटप्रतिको प्रेमलाई पनि प्रवर्द्धन गर्यो।

उनले लिगलाई सफलता पुर्वक सम्पन्न गर्न टाइटल स्पोन्सर गर्ने ग्रेस इन्टरनेशनल, र पलाटिनम स्पोन्सर अनट्र्याक तस्मानिया, प्रायोजक, स्वयंसेवकहरू, र टिएनसिए टिमलाई अध्यक्ष भण्डारीले धन्यवाद दिएका छन्। उनले दोस्रो ग्रेस टि २० लिग गर्ने घोषणा गरेका छन्। अर्को वर्षको टि-२० लिग अझ ठुलो र उत्कृष्ट बनाउने अध्यक्ष भण्डारीले प्रतिबद्धता व्यक्त गरेका छन्। 

टिएनसिए उपाध्यक्ष तथा कार्यक्रम संयोजक बिकास सेढाईले प्रतियोगिता व्यवस्थापन र समुदायलाई क्रिकेटमा संलग्न गराउने कार्यमा महत्त्वपूर्ण भूमिका खेले। यस सिजनभरि खेलहरू युट्युब मार्फत एक्सोटिक लेनको सहयोगमा प्रत्यक्ष प्रसारण गरिएको थियो। निरञ्जन भण्डारीको जोशिलो कमेन्ट्रीले माहोललाई अझ रोमाञ्चक बनाएको थियो। 

ग्रेस टि-२० लिग समापनसँगै, तास्मानियन नेपालीज क्रिकेट एसोसिएसन अब यस सफलतामा आधारित रहँदै नेपाली क्रिकेटलाई अझ मजबुत बनाउन योजनाहरू अघि बढाइरहेको छ।