मेलबर्न,अष्ट्रेलिया । मंगलबार विहान भिक्टोरिया राज्यको ग्रामीण क्षेत्र स्टोनलीमा भएको दुर्घटनामा तीन नेपालीको निधन भएको छ । कारका चालक ४१ वर्षीय एक पुरुष, ३१ वर्षीय एक महिला र तीन वर्षीय एक बालकको दुर्घटनास्थलमै निधन भएको हो । उनीहरुसँगै यात्रा गरिरहेकी एक बृद्धको भने उपचार भइरहेको छ । दुर्घटनाग्रस्त कारबाट उद्धार गरी उनलाई हेलिकोप्टरमार्फत अस्पताल पठाइएको…