क्यानबेरा, अष्ट्रेलिया ।नेपालमा हालै गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले क्यानबेरामा आयोजित ‘नेपाल फ्लड डिजास्टर अपिल’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा नेपाली तथा अस्ट्रेलियाली समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, कलाकार र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। आर्ट साउण्ड एफएम र नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान ९क्यान्बेरा० को…