एनआरएन आईसीसीका पदाधिकारीहरुको जिम्मेवारी तोकियो !

एनआरएन आईसीसीका पदाधिकारीहरुको जिम्मेवारी तोकियो !


काठमाडौं ।

गैरआवासीय नेपाली संघ एनआरएनएका केन्द्रीय पदाधिकारीहरूबीच विभागीय जिम्मेवारी तोकिएको छ । आफ्नो विज्ञता र ईच्छालाई केन्द्रमा राखेर उनीहरुले जिम्मेवारी बाँडफाँड गरेका हुन् । संघको विधानअनुसार उपाध्यक्षहरूलाई विभागीय जिम्मेवारी तोक्ने वैधानिक प्रावधान रहेको छ ।

नयाँ कार्यविभाजनअनुसार अध्यक्ष डा। हेमराज शर्माले ‘रिब्रान्डिङ एनआरएनए’को जिम्मेवारी अघि बढाउनेछन् भने रोजिना प्रधान राईलाई नागरिकताको निरन्तरता, रविन शेरचनलाई लगानी, खगेन्द्र न्यौपानेलाई वैदेशिक रोजगार, बुद्धि सुवेदीलाई पोलिसी एड्भोकेसी, चिन्तामणि सापकोटालाई भोटिङ राइट, कृष्ण तिमल्सीनालाई आर्थिक प्रशासन तथा सोम सापकोटालाई सूचना तथा सञ्चार विभागको जिम्मेवारी दिइएको छ ।

अष्ट्रेलियाबाट प्रतिनिधित्व गर्नेउपाध्यक्षहरुमा महेन्द्र ओलीले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको नेतृत्व, डा. ज्ञानेन्द्र रेग्मीले स्कीको नेतृत्व गर्नेछन् भने दिनेश पोखरेलले विद्यार्थी हकहितको विषयको संयोजन गर्नेछन् । यस्तो छ विभाजन –

Screenshot
Screenshot