मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलिया आउने दुबै डोज कोरोना विरुद्धको खोप लगाएका अन्तर्राष्ट्रिय यात्रीहरुलाई कोभिड १९ को पीसीआर परीक्षण गराउनुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ । यो सप्ताहन्तबाट अष्ट्रेलियाले २४ घण्टाभित्र गरिएको एन्टीजेन परीक्षणलाई समेत मान्यता दिन लागेको हो । स्वास्थ्यमन्त्री ग्रेग हन्टले यात्राअघि २४ घण्टाभित्र गरिएको र्यापीड एन्टीजेन टेष्टको नतिजालाई स्वीकार गरिने जानकारी दिएका…