१२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि

१२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, ६ माघ । नेपालमा पछिल्लो २४ घण्टामा थप १२ हजार ३३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो । २१ हजार ७ जनाको पीसीआर टेष्ट गर्दा १० हजार ५२ तथा ६ हजार ४९० नमुनाको एन्टीजेन टेष्ट गर्दा २ हजार २८६ जना गरी १२ हजार ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जननसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ भने ६४९ जना निको भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ९५ हजार ८८८ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६३२ पुगेको छ भने ८ लाख १८ हजार ८०९ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ जना रहेका छन् । जसमध्ये ५५ हजार ८३६ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ४९२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १८६ जना आईसीयू र २७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै १० वर्ष मुनिका १८९ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ५८८ जना कोरोना संक्रमित थपिएका छन् ।
सबैभन्दा बढी संक्रमित हुनेमा माठमाडौं उपत्यकाका छन् । काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५,००१, ललितपुरमा १,१३० र भक्तपुरमा ८५० जनामा कोरोना संक्रमण देखिएको हो ।
यस्तै काभ्रेपलाञ्चोकमा १८७, कैलालीमा १७३, झापामा १७१, धनुषामा १२०, मकवानपुरमा ११६ र चितवनमा ११५ जनामा कोरोना संक्रमण देखिएको छ । ण्त्यस्तै तनहुँमा ५६, दाङमा ५२, सप्तरीमा ५१, सिरहामा ४८, पर्सामा ४५ र सुर्खेतमा ४० जना कोरोना संक्रमित थपिएका छन् भने कञ्चनपुरमा ३७, नुवाकोटमा ३६, बाँके र सिन्धुलीमा २८÷२८ जना, सर्लाही, धादिङ, पाल्पा र डडेल्धुरामा २६÷२६ जना, बारामा २५, महोत्तरीमा २४, दोलखामा २२, धनकुटा र नवलपरासी पश्चिममा २१÷२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।