थप ६,७३४ मा कोरोना संक्रमण, सक्रिय संक्रमितिको संख्या ३० हजारभन्दा बढी

थप ६,७३४ मा कोरोना संक्रमण, सक्रिय संक्रमितिको संख्या ३० हजारभन्दा बढी


काठमाडौं, ३ माघ । नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणमा ६ हजार ७ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अब नेपालमा सक्रिय सङक्रमितको सख्या ३० हजार ८ सय ७७ रहेको छ । गएको २४ घण्टामा कोरोनाका कारण तीन जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सख्या ११ हजार ६ सय २३ जना पुगेको छ ।
गएको २४ घण्टामा ५ सय ४७ जना कोरोना सङक्रमित निको भएका छन् । यस्तै २४ घण्टामा १ लाख ४३ हजार ३ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । अब नेपालमा कोरोनाको खोप लगाउनेको संख्या २ करोड ८१ लाख ८ हजार ८ सय ६० जना पुगेको छ । यसमध्ये १ करोड ५८ लाख ९५ हजार ८ सय २८ जनाले एकमात्रा र १ करोड २२ लाख १३ हजार ३२ जनाले दुबै डोज खोप लगाएका मन्त्रालयले जनाएको छ ।