कोरोना संक्रमणबाट एकै दिन १६ जनाको मृत्यु, १० हजार २५४ संक्रमित थपिए

कोरोना संक्रमणबाट एकै दिन १६ जनाको मृत्यु, १० हजार २५४ संक्रमित थपिए


काठमाडौं, ८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । परीक्षण घटेसँगै संक्रमित संख्या केही कम देखिए पनि लगातार पाँचौं दिन पनि १० हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।
शनिबार २० हजार १८७ नमुना (१४ हजार ४६२ पीसीआर र ५७२५ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका छन् । शनिबार भाइरस संक्रमणले एकैदिनमा १६ जनाको मृत्यु भएको छ भने ७०८ जना निको भएका छन् । सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।
मुलुकका १५ जिल्लामा सक्रिय संक्रमित संख्या ५०० भन्दा माथि छ । १७ जिल्लामा सक्रिय संक्रमित संख्या २०० भन्दा माथि छ ।