मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा आज साँझ ६ बजेबाट कोभिड १९ कोरोना फैलिन नदिन लगाइएका प्रतिबन्धहरुलाई थप खुकुलो बनाइएको छ । प्रिमियर डेनियल एन्ड्रयुजले गरेको घोषणा अनुसार अब सुपरमार्केट, विद्यालय, चाईल्डकेयर सहित धेरै कार्यस्थलहरुमा क्यूआरकोड सहितको चेकईन गर्न नपर्ने भएको छ । यद्यपि रेष्टुरेन्ट र मनोरञ्जन स्थलहरुमा भने यो कायम नै रहनेछ । यस्तै अबदेखि डिस्कोहरुमा…