भिक्टोरियामा घट्न थाल्यो कोरोनाको संक्रमण, २४ घण्टामा ११ हजार संक्रमित

भिक्टोरियामा घट्न थाल्यो कोरोनाको संक्रमण, २४ घण्टामा ११ हजार संक्रमित

विद्यालयमा विद्यार्थी फर्काउने यस्तो छ राज्य सरकारको योजना



मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियामा जनसंख्याको हिसाबले दोश्रो ठूलो राज्य भिक्टोरियामा कोभिड १९ कोरोनाको पछिल्लो ओमिक्रोन संक्रमण दर विस्तारै ओरालो लाग्न थालेको छ ।

हाल अस्पतालहरुमा बिरामीको चाप, दैनिक संक्रमणदर आदिलाई आधार मान्ने हो भने १२ सय २९ जना अस्पतालमा भर्ना भएकोमा अहिले जम्मा ९ सय ९८ जना त्यहाँ छन् । यस्तै गएको २४ घण्टामा ११ हजार ६ सय ९५ जना कोरोना संक्रमित भएका छन् । यस्तो छ तथ्यांक


यसैबीच, भिक्टोरियाले आफ्ना स्कुले बालबालिकाहरुलाई सुरक्षित रुपमा पढाईमा फर्काउने योजना सार्वजनिक गरेको छ ।

नयाँ प्रावधान अनुसार विद्यालयका कर्मचारी, शिक्षक र विद्यार्थीहरुलाई सातामा दुई पटक कोरोना परीक्षण गर्नका लागि निशुल्क एन्टीजेन टेष्ट किट उपलब्ध गराइनेछ । कोभिडका कारण कर्मचारी र शिक्षक अभाव भएका ठाउँमा पुर्ति गर्नका लागि अवकाश पाइसकेकाहरु, सहयोगी कर्मचारी तथा पढाई सकाउन लागेका युनिभर्सिटीका विद्यार्थीलाई समेत काममा लगाउने योजनामा छ ।

भिक्टोरियाको विपक्षी दल लिबरल पार्टीका छायाँ शिक्षामन्त्री डेभिड हडगेटले विद्यालयमा विद्यार्थी फर्काउने योजनामा अडिग रहन आह्वान गरेका छन् । ओमिक्रोनको पछिल्लो संक्रमणबाट योजना परिवर्तन नगर्न पनि उनले सुझाव दिए ।