काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्र भोलि बिहिबारदेखि सूर्तीजन्य पदार्थ बिक्रीमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने भएको छ। बुधबार महानगरपालिकाले पत्रकार सम्मेलन गरी गत मंसिर १२ गते निकालिएको सूचनाअनुसार आज अन्तिम दिन भएकाले भोलि २८ गतेदेखि पूर्ण रुपमा सूर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाउने जनाएको हो। महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरपालिकाको स्वास्थ्य विभागबाट मंसिर १२ गते निर्णय…