२७ सय ४२ संक्रमित थपिँदा ८ हजार ७२३ डिस्चार्ज, १४ को मृत्यु

२७ सय ४२ संक्रमित थपिँदा ८ हजार ७२३ डिस्चार्ज, १४ को मृत्यु


काठमाडौं, २० माघ । नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ७४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दश हजार २६ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार ७४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । सोही अवधिमा दुई हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कुल १२ हजार ६०५ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर तीन हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा आठ हजार ७२३ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । योसँगै मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७७८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा दुई लाख ६६ हजार ५४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल ६३ हजार २९६ जना सक्रिय सङ्क्रमित रहेका छन् ।