२४ घण्टामा कोरोनाका थप ५० जनामा संक्रमित थपिए

२४ घण्टामा कोरोनाका थप ५० जनामा संक्रमित थपिए


काठमाडौं, ३० फागुन । पछिल्लो २४ घण्टामा ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ५३९ जनाको पीसीआर परीक्षण गर्दा ५० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा एक हजार ८७९ जनाको एन्टिजेन परीक्षण गर्दा आठ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार पाँच हजार ४१८ जनामा परीक्षण गर्दा पीसीआर र एन्टिजेन गरेर ५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । सोही अवधिमा १४८ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुने दर ९८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै, मन्त्रालयले पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको जनाएको छ । हालसम्म मुलुकमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा मुलुकमा ९२ हजार ४८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, नेपालमा हाल चार हजार ८१९ जना सक्रिय सङ्क्रमित छन् ।