भारतीय विदेशसचिवले भेटे प्रधानमन्त्री केपी शर्मा ओलीलाई

भारतीय विदेशसचिवले भेटे प्रधानमन्त्री केपी शर्मा ओलीलाई


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय विदेशसचिव विक्रम मिश्रीले शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आइतबार काठमाडौँ आइपुग्नुभएका सचिव मिश्रीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीसँग भेट गर्नुभएको हो । प्रधानमन्त्रीसँगै राष्ट्रपति, विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वसँग पनि भारतीय विदेश सचिवले भेट गर्ने कार्यक्रम छ । सोमबार पशुपतिनाथको दर्शनपछि उनी फर्कनेछन् । आगामी केही सातापछि हुनलागेको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई औपचारिकता दिनका लागि विदेश सविचले यतिखेर भ्रमण गरेका हुन् ।