मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया मेलबर्नको उत्तरी क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई त्यहाँको स्थानीय काउन्सिल अर्थात् नगर परिषद्का काम कारवाहीबारे जानकारी दिने उद्देश्यका साथ एनआरएनले कार्यक्रम सम्पन्न गरेको छ । नेपालीको बसोबास रहेको क्रेगीबर्न, ब्रोडमेडोज, डलास, कालकलो, डोनीब्रुक लगायतको क्षेत्रमा फैलिएको ह्युम सिटी काउन्सिलको सहकार्यमा आयोजित कार्यक्रममा नेपालबाट अष्ट्रेलियाका आएका २५ भन्दा बढीको सहभागिता थियो ।…