मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियन नेप्लीज क्रिकेट एशोसिएसन भीएनसीएको आयोजनामा मेलबर्नमा आजबाट टी १० क्रिकेट प्रतियोगिता सुरु भएको छ । अर्को सातासम्म चल्ने प्रतियोगिताको विजेताले ५ हजार डलर राशीको पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । भिक्टोरियामा रहेका नेपाली सामूदायिक क्रिकेट क्लबहरुको छाता संस्था भीएनसीएले हरेक वर्ष आयोजना गर्ने प्रतियोगिताको यस पटकको संस्करणमा म्यान अफ दि म्याच हुने खेलाडीहरुलाई फ्री मोटर सर्भिसिङ समेत उपलब्ध गराउनेछ ।
पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको विषयमा जानकारी दिएको संस्थाका अध्यक्ष सुदिप न्यौपानेले समूदायिक क्रिकेटको माध्यमबाट सबैलाई एकै ठाउँमा ल्याउन प्रतियोगिता आयोजना गरिएको हो । प्रेस्टनमा रहेको टीडब्लू ब्लेक पार्कमा २९ मार्च आईतबार र अप्रिल ४ र ५ गरी तीन दिनसम्ममा सम्पन्न हुने प्रतियोगितामा कूल १० टिमको सहभागिता छ ।
न्यौपानेका अनुसार क्रिकेट मात्र नभई क्रिकेटसँगै परिवारकै लागि पनि मनोरञ्जनका विभिन्न गतिविधिका साथै फुड ट्रक समेत रहने भएका कारण दिनभर नै आफ्ना केटाकेटीहरुसँग रमाउन सकिनेछ । भीएनसीएका सचिव शैलेश घिमिरेले क्रिकेटप्रेमी नेपाली समूदायका सबैजनालाई प्रतियोगितामा सहभागी भएर सफल बनाईदिन अनुरोध गरेका छन् ।


प्रतिक्रिया