पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्रीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति

पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्रीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले भने १० दिन म्याद थपको अनुमति मागेको थियो । ओली अस्वस्थ रहेको र २४ घण्टा चिकित्सकको निगरानीमा रहनुपर्ने भएपछि शिक्षण अस्पतालमै बयान लिन थालिएको छ ।

ओली र रमेश लेखक दुवै जनाले भदौ २३ को गोली चलेको प्रकरण नितान्त स्थानीय प्रशासन ऐनभित्र परेकाले राजनीतिक नेतृत्वको भूमिका नरहेको भन्दै इन्कारी बयान दिएका छन् । रमेश लेखकलाई पनि १० दिनको म्याद थप मागिएकोमा २ दिन मात्रै अदालतले दिएको छ ।