एमालेले संसदमा भन्यो, नीलो क्रान्तिका लागि बधाई, नेपाली सेनाप्रति असन्तुष्टि

एमालेले संसदमा भन्यो, नीलो क्रान्तिका लागि बधाई, नेपाली सेनाप्रति असन्तुष्टि



काठमाडौँ । पूर्व रक्षामन्त्री तथा उपप्रधानमन्त्री समेत भइसकेका नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले भदौ २३ र २४ गते अवैधानिक ढङ्गले रास्वपा अघोषित नेतृत्वमा रङ्ग क्रान्ति सम्पन्न भएको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै नेता थापाले यस्तो बताएका हुन् । साथै उनले फागुन २१ गतेको निर्वाचनमार्फत निलो क्रान्तिलाई बैधानिकता प्रदान गरिएको पनि बताएका छन् ।

‘फागुन २१ गते निर्वाचनमार्फत निलो क्रान्तिलाई वैधानिकता प्रदान गरियो । फागुन १३ गते धार्मिक अनुष्ठानका बिच रास्वपा नेता बालेन्द्र शाहलाई प्रधानमन्त्रीको शपथ ग्रहण गराइयो’, बादलले भने, ‘यो ऐतिहासिक विजयका लागि रास्वपा र प्रधानमन्त्री शाहलाई म एमालेको तर्फबाट बधाई भन्न चाहन्छु ।’

उनले उक्त विजयमा ककसको भूमिका छ भन्ने सवालमा नेपाली सेना, बारबरा फाउन्डेसन, सुशीला सरकार लगायतको निर्णायक भूमिका रहेको बताउँदै बधाई दिए । उनले बाह्य रूपमा पनि टिओवी, एआई अल्गोरिदमलगायतले संविधान र शान्तिका नायकलाई हत्याराका रूपमा करार गरेको र खल पात्रलाई महानायक बनाएको बताए ।