रास्वपा उपसभापति डीपी अर्याल सभामुख उम्मेद्वार बन्ने

रास्वपा उपसभापति डीपी अर्याल सभामुख उम्मेद्वार बन्ने



काठमाडौं । रास्वपाले सभामुखका लागि पार्टी उपसभापति डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका हुन् । सभामुखमा अर्यालको नाम सभापति लामिछानेले प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा उक्त पारित गरेको हो । सभामुखमा निर्वाचित भएपछि उनले राजनीतिक दलसँगको आबद्धता छोड्नुपर्ने हुन्छ । हाल रास्वपामा दुई उपाध्यक्ष रहेका छन् । अर्का उपाध्यक्ष डा. स्वर्णिम वाग्ले अर्थमन्त्री भएर बालेन्द्र सरकारमा सहभागी भइसकेका छन् ।