मेलबर्न, अष्ट्रेलिया । हिमाली र अष्ट्रेलियन समकालीन कला प्रबद्र्धन गर्ने विश्वव्यापी प्लेटफर्म सुरु भएको छ । यो अनलाइन कला प्लेटफर्ममा हिमाली क्षेत्र र अष्ट्रेलियाका समकालीन कलाकृतिहरूलाई विश्वभरका पारखीसामू प्रस्तुत गरिनेछ । ग्यालेरियामा नेपाली, अष्ट्रेलियन र दक्षिण एसियाली कलाकारहरूमा विशेष ध्यान केन्द्रित गर्दै, मौलिक चित्रकला, सीमित संस्करणका प्रिन्ट, मर्चेन्डाइज तथा कला आधारित गिफ्ट कार्डहरू बिक्री गर्नेछ…