मेलबर्न, अष्ट्रेलिया ।
नेपाल सरकारले अष्ट्रेलियाका तीनसहित १५ ठाउँका अवैतनिक महावाणिज्यदुत, वाणिज्यदुतहरुलाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय अनुसार न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक वाणिज्यदूत सन्जीव शर्मा, भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदुत निराजन गौली र साउथ अष्ट्रेलियाका लागि नेपाली अवैतनिक वाणिज्यदुत दिपक धमलालाई पदमुक्त गरेको हो ।
मन्त्रिपरिषद्को बैठक पछि परराष्ट्र मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ओसेनिया क्षेत्रबाट न्यूजिल्याण्डका लागि अवैतनिक वाणिज्यदूत बनाइएका दिनेश खड्का पनि पदमुक्त भएका छन् ।
यस्तै क्यालिफोर्निया, सियाटल, म्यासाचुसेटस, मलेसियाको क्लान भ्याली, ईन्डोनेसियाको जकार्ता, ईजरेलको रहुबट सिटी, साईप्रसको निकोसिया, जर्मनीको प्रेमन एण्ड लोअर साक्सोसनी र वार्सा, स्लोभानिया र माल्टाका वाणिज्यदुतहरुलाई पनि हटाइएको हो ।

प्रतिक्रिया