काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारबाट जनताले आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास नभएको बताएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले दुई तिहाइ मत दिएको उक्त पार्टीको हालसम्मको कामकारबाही हेर्दा उनीहरुले जनताको समस्या सम्बोधन गर्छ भन्ने विश्वास गर्न नसकिने जिकिर गरे ।
अध्यक्ष घिसिङले जनताले विश्वास गरेको पार्टीको सरकारका हरेक गतिविधि सफल होस् भन्ने चाहना आफूहरूको रहे पनि सरकारले सोही अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।
उनले जनतालाई निराश बनाउने खालको गतिविधि सरकारबाट भइरहे प्रतिवादमा उत्रने चेतावनी समेत दिए । अध्यक्ष घिसिङले जनताले नयाँ पार्टीको पनि विकल्पको रूपमा आफ्नो पार्टीलाई लिएको दाबी समेत गरे ।
अध्यक्ष घिसिङले सरकारले विद्युतमा कर लगाउने व्यवस्था बजेटमा ल्याएको भन्दै आपत्ति जनाए । उनले मुलुकको समृद्धिका लागि पानी, कृषि र पर्यटनको क्षेत्रमा केन्द्रित भएर आफूहरूले काम गर्न चाहेको पनि बताए ।

प्रतिक्रिया